प्रभासको कारण रोकियो ‘सलार’ को छायांकन  « Khabarhub

प्रभासको कारण रोकियो ‘सलार’ को छायांकन 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन स्टार प्रभासको समय ठीकठाक छैन । बाहुबली मार्फत आफ्नो फ्यान फ्लोअर्स बढाउन सफल प्रभास अभिनीत दुई फिल्म साहो र राधे श्याम असफल भयो । उनकै स्टारडमकै कारण सुरुवाती व्यापार आक्रामक गरेता पनि फिल्मलाई दर्शकले रुचाएनन् । पछिल्लो फिल्म ‘राधे श्याम’ पनि असफल भएपछि प्रभासले केही समय ब्रेक लिए । 

उनी असफलताबाट बाहिर निस्किएपछि केही अनफिट छन् । पछिल्लो समय ‘सलार’ को छायांकनमा व्यस्त रहेका प्रभासले शरीरलाई मेन्टेन गर्न नसक्दा छायांकन रोकिएको छ । केजीएफ सिरिज निर्देशक प्रशान्त नीलको निर्देशनमा तयार भइरहेको फिल्म रोकिएपछि रिलिजमा ढिलाई हुने अनुमान समेत गरिएको छ । 

प्रभासको जबरदस्त एक्सन अवतारमा देखिँदा अनफिट हुन नहुने निर्देशक प्रशान्तको अडान छ । तौल समस्याका कारण उनीसँग अहिले छायांकन भइरहेको छैन । रिपोर्टका अनुसार प्रभास लामो समयदेखि आफ्नो तौललाई लिएर समस्यामा छन् । निर्देशकले पनि तौल नघटेसम्म छायांकन सुरु नगर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ३२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ