प्रभासको कारण रोकियो ‘सलार’ को छायांकन  « Khabarhub

प्रभासको कारण रोकियो ‘सलार’ को छायांकन 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन स्टार प्रभासको समय ठीकठाक छैन । बाहुबली मार्फत आफ्नो फ्यान फ्लोअर्स बढाउन सफल प्रभास अभिनीत दुई फिल्म साहो र राधे श्याम असफल भयो । उनकै स्टारडमकै कारण सुरुवाती व्यापार आक्रामक गरेता पनि फिल्मलाई दर्शकले रुचाएनन् । पछिल्लो फिल्म ‘राधे श्याम’ पनि असफल भएपछि प्रभासले केही समय ब्रेक लिए । 

उनी असफलताबाट बाहिर निस्किएपछि केही अनफिट छन् । पछिल्लो समय ‘सलार’ को छायांकनमा व्यस्त रहेका प्रभासले शरीरलाई मेन्टेन गर्न नसक्दा छायांकन रोकिएको छ । केजीएफ सिरिज निर्देशक प्रशान्त नीलको निर्देशनमा तयार भइरहेको फिल्म रोकिएपछि रिलिजमा ढिलाई हुने अनुमान समेत गरिएको छ । 

प्रभासको जबरदस्त एक्सन अवतारमा देखिँदा अनफिट हुन नहुने निर्देशक प्रशान्तको अडान छ । तौल समस्याका कारण उनीसँग अहिले छायांकन भइरहेको छैन । रिपोर्टका अनुसार प्रभास लामो समयदेखि आफ्नो तौललाई लिएर समस्यामा छन् । निर्देशकले पनि तौल नघटेसम्म छायांकन सुरु नगर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ३२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती