वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशतले वृद्धि « Khabarhub

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशतले वृद्धि


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रु ३५ अर्ब १३ करोड बढी अर्थात् रु ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

यो ९२ दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले गत आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व सङ्कलन भएकामा चालू आवको सोही अवधिमामा रु २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रु एक खर्ब ७० अर्ब ७० करोड राजस्व सङ्कलन भएको बताए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ३४ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित