वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशतले वृद्धि « Khabarhub

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशतले वृद्धि


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रु ३५ अर्ब १३ करोड बढी अर्थात् रु ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

यो ९२ दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले गत आर्थिक वर्षको १० महिनामा रु एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व सङ्कलन भएकामा चालू आवको सोही अवधिमामा रु २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रु एक खर्ब ७० अर्ब ७० करोड राजस्व सङ्कलन भएको बताए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ३४ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी