‘चन्द्रागिरि डिजिटल युगमा : ‘क्यूआर कोड’ मार्फत राजस्व संकलन « Khabarhub

‘चन्द्रागिरि डिजिटल युगमा : ‘क्यूआर कोड’ मार्फत राजस्व संकलन


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरि नगरपालिकाले नगरपालिका र वडाको राजस्व संकलनको लागि अत्याधुनिक सूचना प्रणालीको उपयोग  गर्न सुरुवात गरेको छ । यसका लागि उसले ‘क्यूआर कोड’ मार्फत पनि राजस्व संकलन प्रारम्भ गरेको छ ।

योसँगै यही जेठ महिनाभित्र नगरपालिका तथा वडाका राजस्वसम्बन्धी सम्पूर्ण सेवा डिजिटल वालेट, कनेक्ट आइपिएस लगायतका अनलाइन सेवामार्फत सुरु हुनेछ । नगर तथा वडाका सेवाग्राहीलाई एसएमएसमार्फत सुसूचित गर्ने कार्य पनि तत्कालै  सुरु हुने नगरपालिकाले जनाएको छ ।  नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘क्यूआर कोड’ सेवाको शुभारम्भ गर्दै नगरपालिकाले निर्माण गरी हस्तान्तरणको चरणमा रहेको जिपिएस/ जिआइएस प्रणालीको नगर प्रोफाइललाई यस अनलाइन सेवासँग जोडिने कार्य पनि यथाशीघ्र सम्पन्न हुने जानकारी दिए ।

उनले भने, ‘यसपश्चात् नगरवासीले सम्पूर्ण सेवा अनलाइनमार्फत घरमै बसी उपभोग गर्न सक्छन् ।’ आफ्नो निर्वाचन घोषणापत्रमा उल्लेख गरेअनुसार नगरपालिकामा प्रविधियुक्त सुशासन कायम गर्न यस किसिमको अनलाइन सेवाले अहम् भूमिका हुने नगरप्रमुख गिरीले बताए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । “उत्पादन रोजगार र बजारीकरण: प्रविधि युक्त सुशासन’ भन्ने नारालाई उनले प्राथमिकता दिए । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ५१ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी