‘धेरै प्रश्न’ मा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम (भिडियो) | Khabarhub Khabarhub

‘धेरै प्रश्न’ मा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम (भिडियो)


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘धेरै प्रश्न’ बोलको गीतमा रानीको स्वर, राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । सार्वजनिक गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जति टाढा भएपनि उसँग जोडिएका प्रश्नहरू नजिकै हुने मर्म गीतले बोल्छ ।

गीतको भिडियोलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसलेगर्दा, दर्शकलाई भिडियो अन्तिमसम्म हेर्न कौतुहलता जाग्न सक्छ । भिडियोमा नायक पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ । पुष्प र सलिनाको रहस्यमा रहेको प्रेमको कथामा भिडियो बगेको छ । भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, बुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियाग्राफी छ । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ४ : ५१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड