‘धेरै प्रश्न’ मा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम (भिडियो) « Khabarhub

‘धेरै प्रश्न’ मा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम (भिडियो)


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘धेरै प्रश्न’ बोलको गीतमा रानीको स्वर, राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । सार्वजनिक गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जति टाढा भएपनि उसँग जोडिएका प्रश्नहरू नजिकै हुने मर्म गीतले बोल्छ ।

गीतको भिडियोलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसलेगर्दा, दर्शकलाई भिडियो अन्तिमसम्म हेर्न कौतुहलता जाग्न सक्छ । भिडियोमा नायक पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ । पुष्प र सलिनाको रहस्यमा रहेको प्रेमको कथामा भिडियो बगेको छ । भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, बुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियाग्राफी छ । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ४ : ५१ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड