कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड « Khabarhub

कात्तिक पहिलो साता फ्लाएर्स फिल्म अवार्ड


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फर्स्ट फ्लाएर्स फिल्म अवार्ड(०७९ आगामी ५ कात्तिकमा विराटनगरमा आयोजना गरिने भएको छ ।

यसअघि २४ वैशाखमा हुने घोषणा गरिएको अवार्ड स्थानीय तहको चुनावको कारण स्थगित भएको थियो । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा गर्न लागेको अवार्डमा २०७६, २०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका नेपाली फिल्महरू सहभागी हुने छन् ।

२३ विधा रहेको अवार्डमा उत्कृष्ट अभिनेता,उत्कृष्ट अभिनेत्री,उत्कृष्ट निर्देशक,उत्कृष्ट फिल्म,उत्कृष्ट संगीतकार,उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट पार्श्व गायिका,उत्कृष्ट कथा,पटकथालगायत लाइफ टाइम अचिभ्मेन्ट अवार्ड,पब्लिक च्वाइस अभिनेता,अभिनेत्री,जुरी लगायत प्रमुख विधा छन् ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए ।

अवार्ड कार्यक्रमको प्रमुखमा मुकेश बुढाथोकी, उपप्रमुखमा रवीन थापा, सल्लाहकारमा अनिश सिंह ठकुरी, प्रबन्ध निर्देशकमा चन्द्रप्रकाश राजवंशी ९सिपी०, एक्टिभिटिज डाइरेक्टर हरि शिवाकोटी, कार्यक्रम संयोजकमा अशिमा धुतराज, सञ्जु सापकोटा र रविन राजवंशी, व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

अवार्डमा प्रदेश १ का प्रमुख सबै जातजातिको मौलिक संस्कृति, भेषभुषा, संस्कार तथा पहिचान झल्काउने विभिन्न गीत तथा नृत्य २०० बढी कलाकारद्वारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै