मधेश प्रदेशमा एकहप्ता भित्र तीन जना प्रधानाध्यापक पक्राउ « Khabarhub

मधेश प्रदेशमा एकहप्ता भित्र तीन जना प्रधानाध्यापक पक्राउ


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मधेस प्रदेशमा  ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक  पक्राउ परेका छन् ।

१२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा  नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन् ।

१२ जेठमा पक्राउ परेका रौतहटका राकेश श्रेष्ठ र १९ जेठमा पक्राउ परेका महोत्तरीका रामदिनेश मण्डल क्रमशः ५० हजार र ३ लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङगेहात पक्राउ गरेको थियो भने पर्साका बलराम श्रेष्ठलाई  विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ३० लाख भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरिएको हो ।

हिजो महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई ५० हजार घुसको रकम सहित पक्राउ गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट पक्राउ गरेको हो ।  विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि निर्माण व्यवसायीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : १० बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको