रुसले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा « Khabarhub

रुसले युक्रेनमाथि आक्रमण थालेको सय दिन पूरा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ । युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को घोषणा गर्दै युक्रेनविरुद्ध आक्रमण थालेका थिए ।

त्यसयता रुसी आक्रमणका कारण युक्रेनबाट दशौँ लाख मानिसहरु विस्थापित भएका छन भने हजारौँ मानिसहरुको मृत्यु भएको छ । यसबाहेक धेरै सहरहरु ध्वस्त भएर भग्नावशेषमा परिणत भएका छन् ।

राजधानी कब्जा गर्ने प्रयत्नस्वरुप सुरुवाती दिनहरुमा रुसी फौजले किभ सहर आसपास व्यापक आक्रमण गरेका थिए । यद्यपि तेज युक्रेनी प्रतिरोधका कराण रुसी फौज किभबाट पछि हट्न बाध्य भए ।

हाल रुसी सेनाले आफ्नो सैनिक कारवाहीलाई युक्रेनको पूर्वी भागमा केन्द्रित गरेको छ । रुसी सेना हाल पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क सहर कब्जा गर्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : १० बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि