विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि: मन्त्री बडु « Khabarhub

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि: मन्त्री बडु


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको “खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्” भन्ने विषयक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।

मन्त्री बडुले भने, “रुस र युक्रेनबीचको युद्धका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभाव र त्यसको कारणले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा पनि बाध्यात्मकरुपमा मूल्य वृद्धि गर्नुपरेको हो ।”

मन्त्री बडुले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकार सधैँ संवेदनशील रहेको प्रस्ट पार्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आम जनतामा पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले हाल पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ घटाइएको जानकारी दिए । 

उनले भने, “नेपाल आयल निगमबाट आर्थिक वर्ष २०७७/०७८ मा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन गरी कुल दुई अर्ब ३८ करोड लिटर तथा एलपी ग्यास चार लाख ७८ हजार मेट्रिक टन खरिद गरिएको र सो बापत इन्डियन आयल कर्पोरेशनलाई रु एक खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी भएको छ, चालु आवको जेठ महिनाको पहिलो हप्तासम्ममा करिब दुई खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थको आयात भैसकेको छ, जुन गत आर्थिक वर्षको भन्दा दश महिनामा झण्डै एक खर्ब बढी आयात भएको अवस्था छ ।” 

उनले समग्र पेट्रोलियम पदार्थको अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको समेत जानकारी दिए । 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ६ : ०८ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि