जुम्लाका नापी र मालपोत कार्यालय छैनन् ज्येष्ठ नागरिक र अपांङतामैत्री « Khabarhub

जुम्लाका नापी र मालपोत कार्यालय छैनन् ज्येष्ठ नागरिक र अपांङतामैत्री


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको मालपोत र नापी कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता  मैत्री नभएको पाइएको छ ।

सबैभन्दा  बढी  जेष्ठ नागरिक सेवा लिन जाने कार्यलय मध्यको पहिलो कार्यलय हो । तर त्यहि कार्यलय जेष्ठ नागरिक र अपाङ्गता  मैत्री  नहुँदा उनीहरुलाई सेवा लिन समस्या भएको छ । जुम्लाको सदरमुकाम खलंगा बजार समुद्री सतह देखि दुई हजार ५१४ मिटर उचाइमा रहेको छ  ।  त्यस भन्दा मालपोत कार्यलय जुम्ला करिब २०० मिटर उचाईमा पर्दछ ।

त्यहाँ सेवा लिन जाने सबै सेवाग्रहीले उकालो बाटो चढ्नुपर्दछ । जग्गा कारोवार हुने भएकोले सेवाग्रहीहरुमा ज्येष्ठ नागरिकहरुले अनिवार्य मालपोत कार्यालय पुग्नै पर्ने बाध्यता  छ । तर दम तथा श्वासप्रश्वासका समस्या भएका रोगी नागरिकहरुले त्यहाँ पुग्न निकै सास्ती भोग्नु परेको बताउदै आएका छन्।

मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवालाई सहज र सुगम बनाउन अनुरोध समते गरेका छन् । जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताए ।

“प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाज लगायतका सरोकारवाला निकायले मालपोत कार्यालय सहज बनाउन धेरै पटक पहल गर्‍यौं तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाई गरेन, अध्यक्ष भारतीले भने ,‘तत्कालीन् जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो ।, उनले थपे” आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यत्तिमैत्री नभएको दुखेसो पोखे ।

त्यस्तै अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यत्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको बताए । “ अरु सबै सरकारी कार्यालय सदरमुकाम खलंगा बजारमा केन्द्रित छन् ।

तर मालपोत कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ,”अध्यक्ष धितालले भने । यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भएपनि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई त्यहाँ पुग्न निकै असहज भएको बताए  ।

धितालले भने अब मालपोत विभागको परिपत्र अनुसार तत्कालीन सिंजा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिंजा गाउँपालिकामा राख्ने पहल सांसद गजेन्द्र महतले गर्नु भएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिहरुद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने निमित्त कार्यालय प्रमुख रोकायको भनाई छ ।

त्यस्तै  चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताए   ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ८ : १७ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा