भावनाले होइन, रणनीतिक निर्णयले परिणाम ल्याउँछ : प्रवक्ता महत « Khabarhub

भावनाले होइन, रणनीतिक निर्णयले परिणाम ल्याउँछ : प्रवक्ता महत


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावनाले मात्रै परिणाम नल्याउने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले यहाँ आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले गठबन्धनको रणनैतिक निर्णयले मात्रै परिणाम ल्याउने बताए ।

नेता महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी आम निर्वाचनसम्म रहने बताए । पार्टीको अन्तर्घात रोगको रुपमा रहेको उनको भनाइ थियो । आगामी मङ्सिरमा प्रदेश र सङ्घको निर्वाचन हुने भन्दै उनले यसको तयारीका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रे्रेस एक हुन जरुरी रहेको बताए । उनले कांग्रेसले हा¥यो भने देशले पनि हार्ने बताए ।

कांग्रे्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालबहादुर दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेश उद्योग वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठ, महासमिति सदस्य विजय भुसाल क्षेत्रीय सभापति किरणभूषाण ओली, भरतपुर माहानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगर उपप्रमुख खेमप्रसाद महत्तो लगायतले निर्वाचनमा एकातावद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : ०९ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ