मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा « Khabarhub

मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडामा सञ्चालन भइरहेको चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजका आशिष चौधरीले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा हेमन्त थापा मगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लब र फ्रेण्ड्स क्लबको बीचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : ४२ बजे

आज २०८२ साल चैत २२ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २२ गते आइतबार वैशाख

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका