साउदीका ८ हजार नेपाली श्रमिकको गुनासो दूतावासको फेसबुक लाइभमा « Khabarhub

साउदीका ८ हजार नेपाली श्रमिकको गुनासो दूतावासको फेसबुक लाइभमा



दोहा – रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको गुनासो सुन्न रियादस्थित नेपाली दूतावासले फेसबुक लाइभ कार्यक्रम सुरु गरेको छ ।

करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा नेपाली श्रमिकहरूको माग अनुसार नै दूतावासको आधिकारिक फेसबुक पेजबाट कार्यक्रम शुरु गरिएको दूतावासले जनाएको छ ।

यहाँ कार्यरत रहेका श्रमिकले भोग्नु परेको समस्या र दूतावासले दिने सेवा सुविधाको बारेमा हरेक हप्ता वा मासिक रुपमा जानकारी दिने उद्देश्यले शुक्रबारबाट दूतावासले फेसबुक पेजबाट कार्यक्रम सुरु गरेको हो । पहिलो लाइभ कार्यक्रममार्फत साउदीमा कार्यरत रहदा गर्न हुने र गर्न नहुने कामको बारेमा पनि दूतावासले जानकारी गराएको छ ।

भर्खरै नेपालबाट साउदी आएका नयाँ कामदारहरूलाई कम्पनीका सुपरभाइजर वा क्याम्प बोसले कुटपिट गरेको भन्ने दूतावासमा गुनासो आएको जनाउँदै त्यस्तो भए तत्काल साउदी प्रहरीलाई खबर गर्न र पछि दूतावासलाई पनि जानकारी गराउन आग्रह गरेको छ ।

कुनै पनि बहानामा आफू बसेको बासस्थान नछोड्न र त्यहीँबाट कानुनी उपचार खोज्न पनि दूतावासले अनुरोध गरेको छ । प्रायजसो त्यहाँ कार्यरत नेपालीहरूले दूतावासले फोन नउठाउने गरेको गुनासोमा कुनै सत्यता नरहेको र दूतावासको एक जना कर्मचारीले बिहान ९ देखि बेलुका ५ बजेसम्म फोन उठाउने गरेको जनाएको छ ।

गएको जुन महिनामा मात्र दूतावासले ८ हजार ७ सय फोनको रेक्सपोन्स गरेको जनाएको छ । रियादमा २१ र महाबाणिज्य दूतावास जेद्धामा १० जना कर्मचारी मात्र रहेकाले सिमित कर्मचारीका कारण कहिलेकहिँ फोन व्यस्त भएकोले मात्र फोन नउठ्ने गरेको जनाएको छ ।

अब चाँडै महाबाणिज्य दूतावास जेद्धाले पनि फेसबुक लाइभ कार्यक्रम थाल्ने र एक हप्ता रियादले र अर्को हप्ता जेद्धाले कार्यक्रम गर्ने दूतावासले जनाएको छ ।

यसअघि मलेसियास्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली श्रमिकको समस्या तथा गुनासो सुन्न हरेक शुक्रबार दूतावासको आधिकारिक फेसबुक पेज मार्फत लाइभ कार्यक्रम गर्दै आएको छ ।

नेपाली दूतावास मलेसियाले गरेको लाइभ कार्यक्रम प्रभाकारी देखिएपछि साउदीमा कार्यरत नेपालीहरूले पनि फेसबुक लाइभ कार्यक्रम गर्न दबाब दिँदै आएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : १४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल