एमाले सचिवालय बैठक बिहान ११ बजे बस्ने « Khabarhub

एमाले सचिवालय बैठक बिहान ११ बजे बस्ने


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने गुरुङको भनाइ छ । केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।

हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ।

 

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : ५७ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र