विशेषज्ञ सेवा थप्दै राप्ती प्रादेशिक अस्पताल | Khabarhub Khabarhub

विशेषज्ञ सेवा थप्दै राप्ती प्रादेशिक अस्पताल


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ।  रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामीहरूको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपिडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शुभारम्भ गरेका छन्।

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकन प्रणाली लागू  भएपछि समाधान भएको छ । पहिले घण्टौँ लाइनमा लाग्नु पर्ने अवस्था हुन्थ्यो, यसले बिरामी र बिरामीका कुरुवालाई निकै अप्ठेरो बनाएको देखिन्थ्यो’,  मन्त्री थारुले भने समस्या हटेर सहज हुने विश्वास लिएको छु ।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी व्यवस्था मिलाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताए ।

तालिम घर स्थापना 
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो क्लिनिकल तालिम घरको स्थापना गरिएको छ ।

दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उद्देश्यले प्रादेशिक अस्पतालभित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।

तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उद्घाटन गरेका हुन्।  तालिम घरमा बढीमा २० जनासम्मलाई एक चरणमा तालिम दिन सकिन्छ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : १७ बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते