गठबन्धनका लागि महन्थलाई ओलीको प्रस्ताव  « Khabarhub

गठबन्धनका लागि महन्थलाई ओलीको प्रस्ताव 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौँमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरूसँग राय मागेका छन् ।

‘ओलीजीले बोलाएर आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्धृत गर्दै एक नेताले भने । उनका अनुसार सो  विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन् ।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौदा संशोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रीय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरणदेखी आगामी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रीय कार्यकारिणी बैठक जारी छ । -न्युज कारखानाबाट

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ८ : ३९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र