मनसुन सुरु भएसँगै महोत्तरीमा उर्लिँदो बाढी, सुस्ताउँदो सरकार « Khabarhub

मनसुन सुरु भएसँगै महोत्तरीमा उर्लिँदो बाढी, सुस्ताउँदो सरकार


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मनसुन सुरु भएसँगै  महोत्तरीमा खोला र खहरे उर्लिरहेका छन् । तीन दर्जनभन्दा बढी खहरे र नदीको बिचमा रहेको महोत्तरीमा बर्षेनी ठूलो धनजनको क्षति समेत हुँदै आएको छ ।

विशेष गरी रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने उत्तरमा बर्दिबास नगरपालिकादेखि दक्षिणमा जलेश्वर नगरपालिकाका सर्वसाधारण त्राहीत्राहीमा रहने गर्छन् ।

तर, सम्बन्धित निकायको बेवास्ताले बर्षायामसँगै थप त्रासमा बाच्नु परेको सर्वसाधारणहरूको गुनासो छ । रातु नदी उर्लिएपछि पशुपतिनगरका वीरमानलाई निन्द्रा नै लाग्दैन । ०५८ सालतिर आएको बाढीले यहाँका किसानहरूलाई बेघर बनाएको वीरमानलाई झल्झल्ती याद आइरहन्छ । ‘थोरै भए पनि अहिले तटबन्धन लगाएको छ उ वेला यस्तो थिएन,’ उनले भने ।

रातु नदीले वर्षेनी क्षति गर्नुको एउटा प्रमुख कारण नदी उत्खनन पनि हो । मनपरी उत्खनन गर्दा खोलाको सतह निकै माथि वा तल पुग्ने गरेको छ । रातु नदी मात्र होइन मरहा र जंगाहा नदीमा उर्लिँदो बाढीले वरपरका खेतीयोग्य जमिन कटान भइरहेको छ । अघिल्लो वर्ष मात्रै रातु नदीको बहाव कै कारण वल्वा नगरपालिका तिलगौढमा नौ सय घर डुबानमा परेका थिए भने कयौँ बिगाहा जमिन कटानमा परेको थियो ।

जलवायु परिवर्तनको समस्याले त्यतिकै समस्या भोगिरहेका सर्वसाधारणले वर्षादको समयमा झन् समस्या भोग्दै आएका छन् । महोत्तरीमा पर्ने रातु नदीको छेउछाउमा मात्र आधा दर्जन पालिका छन् । तर सबैभन्दा बढी प्रताडित बर्दिबास, औरही, वल्वा जस्ता पालिका जोखिममा रहेको विपद् व्यवस्थापन समितिले पहिचान गरेको छ ।

दुई दिन अघि मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने समस्यालाई पहिचान गरी प्रतिकार्यको लागि आपत्कालीन सामग्रीको भण्डारण थालेको छ । रातु, विग्ही, जंगहा र मरहा नदीको डुबान र कटानबाट क्षति हुन नदिन बन्चौरी, तिलगढ, रौजा बजार, परौल, गोनरपुरा, लेउरी, जलेश्वर–३, मलिवाडा, जुमनिया, हत्तीसर्वा, सिंग्याही, कविलासा, दोस्तिया, अलिपट्टी, बगडा, निगौल र सोनमा गाउँपालिका–१ का बस्ती र मटिहानी–९ को सिमरदही लगायत स्थानमा आपत्कालीन प्रतिकार्यको तयारी थालिएको हो  ।

तर, आफ्ना नागरिकलाई सम्भावित जोखिमबाट कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मट्टीहानी नगरपालिका बाहेक कुनै पनि पालिकाले तयारी थालेका छैनन् । ‘आपतकालीन प्रतिकार्यको लागि स्थानीय सरकारले कुनै तयारी नगर्नुले जोखिम अझ बढ्न सक्छ,’ बर्दिबासका मनोज खडकाले भने ।

बर्दिबासको उत्तरी क्षेत्रमा रहेका चुरे पहाडमा झन् खतरा बढ्दै गएको भूगर्भविद्हरू बताउँछन् । यसअघि पनि खयरमाराको भित्री बस्तीमा सुख्खा पहिरो जाँदा गाउँ नै जोखिममा परेको थियो ।

वर्षा याममा उक्त खुकुलो पहाडलाई वरपर फैलिएको पानीको बहावले कमजोर बनाउँदै लैजाने भएकाले पहाड नै भासिएर समथर बन्न सक्ने भुगर्वविद् प्रकाश घिमिरे बताउँछन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  २ : ४५ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’