सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान « Khabarhub

सिड्नीमा मुसलधारे वर्षा, घर खाली गर्न आह्वान


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा आएको मुसलधारे वर्षा र बाढीका कारण दशौँ हजार बासिन्दाहरूलाई घर खाली गर्न आह्वान गरिएको छ । सिड्नीको पश्चिमी भूभागमा सडक अवरुद्ध भएसँगै १८ निकासी आदेश घोषणा गरिएको छ भने चेतावनी बढे सम्भावना रहेको छ ।

यो जोखिमयुक्त आकस्मिक परिस्थिति हो, न्यू साउथ वेल्सका आकस्मिक सेवा मन्त्री स्टेफनी कुकले जानकारी दिइन् । अचानकको बाढी, खोला उत्पन्न बाढी र तटीय कटाव जस्ता विभिन्न क्षेत्रमा परेको असरका कारण हामी खतराको सामना गरिरहेका छौँ ।

मौसम विभागले केही क्षेत्रमा ३५० मिलिमिटर पानी परेको र नेपियन नदीबाट बाढीको सम्भावना बढेसँगै उनले चेतावनीको घोषणा गरिन् । विगत २४ घण्टामा आकस्मिक सेवाअन्तर्गत ८३ बाढी उद्धार कार्यक्रम सञ्चालन सम्पन्न भइसकेको उनले जानकारी गराइन् ।

विशेषज्ञका अनुसार जलवायु परिवर्तन र ल निनिया मौसम परिस्थितिका कारण बाढी आकस्मिक अवस्था जीर्ण बनेको हो । जब तीव्र गतिको हुरीले प्यासिफिकको तातो सतहको पानीलाई दक्षिणी अमेरिकाबाट बगाएर इन्डोनेसिया तर्फ लग्छ तब ल निनिया परिस्थितिको सृजना हुने गर्दछ । अष्ट्रेलियामा ल निनियाले वर्षा, साइक्लोन र दैनिक तापक्रममा गिरावट जस्ता समस्याको वृद्धि भएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ५ : २७ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई