विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला | Khabarhub Khabarhub

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर, सोलुखुम्बु, पाल्पा र सिन्धुलीमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने नवलपरासी पूर्व घर भएका ४१ वर्षीय लेख बहादुर महत आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–५ थाम्बुचेस्थित थामे गुम्बामा बस्दै आएका ५५ वर्षीय निमा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनको स्थायी ठेगाना खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ राखाबाङदेल भएको प्रहरीले जनाएको छ ।

यस्तै पाल्पाको रम्भा गाउँपालिका–३ असर्दिस्थित कालीगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेकी महिलाको शव आइतबार फेला परेको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लो बजारस्थित सुनकोसी नदीको किनारमा हाल पहिचान नखुलेकी करिब ३० बर्सिया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : २२ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ