गोसाइँकुण्डका भक्तजनका लागि खाद्य सामग्री ढुवानी « Khabarhub

गोसाइँकुण्डका भक्तजनका लागि खाद्य सामग्री ढुवानी


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ ।

भक्तजनको आगमन सुरू भएसँगै धुञ्चे तथा स्याफ्रुबेँसी बजारबाट दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट तथा दैनिक उपभोग्यवस्तु ढुवानी गरिएको हो ।

यही साउन २३ गतेदेखि २७ गते जनैपूर्णिमासम्म लाग्ने विशेष मेलामा झण्डै १५ हजार भक्तजनको आगमन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । लक्षित यात्रुलाई भोजन गराउन पुग्ने यथेष्ट खाद्य सामग्री ढुवानी गरिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए।

काठमाडौँबाट धुञ्चेसम्म सडक मार्ग प्रयोग गरेपछि पैदलयात्रा सुरू हुने गोसाइँकुण्ड तीर्थ जाँदा धुञ्चे, देउराली, चन्दनबारी, लौरीविनायक तथा गोसाइँकुण्डमा खान र बस्न समस्या नहुने होटल व्यवसायी सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ५५ बजे

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध

निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार लागिसकेको छ : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर– नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा