साउदीमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने  « Khabarhub

साउदीमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने 



दोहा – साउदी अरबमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने भएको छ । ‘कामदारको राहदानी वा पारिश्रमिक रोक्नु साउदी अरबमा सन्दिग्ध मानव बेचबिखनको अभ्यास हो,’ एक अधिकारीले भनेका छन्।

साउदी मानव अधिकार आयोगको सम्बद्ध मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिका महासचिव मोहम्मद अल मसरीले भने, ‘राहदानी एक व्यक्तिगत कागजात हो जुन कसैलाई अवैध रूपमा राख्ने अधिकार छैन।,’

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कामदारहरूका ११ थरिका अधिकारका बारेमा ध्यानाकर्षण गर्दै यी मध्ये कुनै पनि अधिकारको हनन् गर्ने या उपभोग गर्न नदिनू भनेको मानव तस्करीकै स्वरूप हो र त्यो दण्डनीय हुने जनाएको छ ।

यी हुन् साउदीमा कामदारका हक अधिकारहरू : 

१. आफ्नो पासपोर्ट आफैँ राख्न पाउने।
२. करारनामामा हस्ताक्षर गर्नु अघि पढ्न पाउने र गरिसकेपछि सो को प्रतिलिपि राख्न पाउनुपर्ने।
३. आवासीय अनुमति पत्र (इकामा) बनाउँदा या नवीकरण गर्दा लाग्ने शुल्क कामदारले तिर्न नपर्ने।
४. कामदारको सहमति नलिई तयार पारिएका डकुमेन्टमा हस्ताक्षर गर्न इन्कार गर्न पाउने।
५. रोजगारदाताबाट मानवीय व्यवहार पाउने।
६. करारमा उल्लेखित रोजगारदाता बाहेक अन्य कम्पनीमा (सप्लाइमा) काम गर्न इन्कार गर्न पाउने।
७. समयमै तलब पाउने।
८. कामको बिच-बीचमा ब्रेक लिन पाउने।
९. स्वदेश फिर्ती टिकट पाउने।
१०. फाइनल एक्जिट भिसा पाउने।
११. अत्यधिक गर्मी या खराब मौसम भएका बेला काम गर्न इन्कार गर्न पाउने।

मसरीका अनुसार कामदारलाई अनुबन्धविहीन काम गर्न बाध्य पार्नुलाई मानव बेचबिखन भनिन्छ । साउदीले मानव बेचबिखनविरुद्ध कडा दण्डहरू पेश गरेको छ, मानव बेचबिखन गर्नेलाई १५ वर्ष जेल सजाय र अधिकतम १ मिलियन साउदी रियल जरिवाना हुनेछ।

हालैका वर्षहरूमा, साउदीका राजा सलमान र क्राउन प्रिन्स मोहम्मदको नेतृत्वमा देशमा ठूला परिवर्तनहरूको भागको रूपमा आफ्नो न्याय प्रणाली सुधार गर्न खोजेको जनाएको छ । साउदी आप्रवासी कामदारहरूका लागि ठूलो समुदायको घरसमेत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ०९ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका