साउदीमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने  « Khabarhub

साउदीमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने 



दोहा – साउदी अरबमा कामदारको राहदानी र पारिश्रमिक रोक्न नपाइने भएको छ । ‘कामदारको राहदानी वा पारिश्रमिक रोक्नु साउदी अरबमा सन्दिग्ध मानव बेचबिखनको अभ्यास हो,’ एक अधिकारीले भनेका छन्।

साउदी मानव अधिकार आयोगको सम्बद्ध मानव बेचबिखन विरुद्धको राष्ट्रिय समितिका महासचिव मोहम्मद अल मसरीले भने, ‘राहदानी एक व्यक्तिगत कागजात हो जुन कसैलाई अवैध रूपमा राख्ने अधिकार छैन।,’

साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कामदारहरूका ११ थरिका अधिकारका बारेमा ध्यानाकर्षण गर्दै यी मध्ये कुनै पनि अधिकारको हनन् गर्ने या उपभोग गर्न नदिनू भनेको मानव तस्करीकै स्वरूप हो र त्यो दण्डनीय हुने जनाएको छ ।

यी हुन् साउदीमा कामदारका हक अधिकारहरू : 

१. आफ्नो पासपोर्ट आफैँ राख्न पाउने।
२. करारनामामा हस्ताक्षर गर्नु अघि पढ्न पाउने र गरिसकेपछि सो को प्रतिलिपि राख्न पाउनुपर्ने।
३. आवासीय अनुमति पत्र (इकामा) बनाउँदा या नवीकरण गर्दा लाग्ने शुल्क कामदारले तिर्न नपर्ने।
४. कामदारको सहमति नलिई तयार पारिएका डकुमेन्टमा हस्ताक्षर गर्न इन्कार गर्न पाउने।
५. रोजगारदाताबाट मानवीय व्यवहार पाउने।
६. करारमा उल्लेखित रोजगारदाता बाहेक अन्य कम्पनीमा (सप्लाइमा) काम गर्न इन्कार गर्न पाउने।
७. समयमै तलब पाउने।
८. कामको बिच-बीचमा ब्रेक लिन पाउने।
९. स्वदेश फिर्ती टिकट पाउने।
१०. फाइनल एक्जिट भिसा पाउने।
११. अत्यधिक गर्मी या खराब मौसम भएका बेला काम गर्न इन्कार गर्न पाउने।

मसरीका अनुसार कामदारलाई अनुबन्धविहीन काम गर्न बाध्य पार्नुलाई मानव बेचबिखन भनिन्छ । साउदीले मानव बेचबिखनविरुद्ध कडा दण्डहरू पेश गरेको छ, मानव बेचबिखन गर्नेलाई १५ वर्ष जेल सजाय र अधिकतम १ मिलियन साउदी रियल जरिवाना हुनेछ।

हालैका वर्षहरूमा, साउदीका राजा सलमान र क्राउन प्रिन्स मोहम्मदको नेतृत्वमा देशमा ठूला परिवर्तनहरूको भागको रूपमा आफ्नो न्याय प्रणाली सुधार गर्न खोजेको जनाएको छ । साउदी आप्रवासी कामदारहरूका लागि ठूलो समुदायको घरसमेत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ०९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका