बुटवलमा श्रीमान्‌ले बलात्कार गरेको भन्दै उजुरी « Khabarhub

बुटवलमा श्रीमान्‌ले बलात्कार गरेको भन्दै उजुरी


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा वैवाहिक बलात्कारबिरुद्धको मुद्दा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबरजस्ती करणी गरेको भन्दै वैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी हुन्।

तिलोत्तमा नगरपालिका-१७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलबार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्।

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छा विपरीत जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन्।

सो अत्याचारबारे  परिवारजन र आफन्तलाई  जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छन्। उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ ।

आफ्नै पत्नीलाईसमेत इच्छा विपरीत जबर्जस्तीकरणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ४० बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना