चौधर नदीको बाढी बस्तीमा पस्यो, उद्धारमा खटिए प्रहरी र स्थानीय « Khabarhub

चौधर नदीको बाढी बस्तीमा पस्यो, उद्धारमा खटिए प्रहरी र स्थानीय


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ ।

बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए ।

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ । सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ४३ बजे

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको