तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा « Khabarhub

तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका-५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए ।  असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् ।

तुरिया खोलामा १० लाखमा निर्माण भएको थियो । बाँध भत्किएर खोला खेतमा पस्दा ठूलो क्षेत्रफल डुबान भएको छ । बाँध भत्किएर खेतमा पसे पनि स्थानीय सरकारका कोही पनि प्रतिनिधि गाउँको अवस्था बुझ्न नआएको जिल्ला समन्वय समिति रुपन्देहीका निर्वतमान उपप्रमुख समेत रहेका स्थानीय पशुपति यादवले गुनासो गरे ।

उनले किसानको सयौँ बिघा जग्गा डुबानमा परे पनि विपद् व्यवस्थापन समिति लगायतले लापरबाही गरेको आरोप लगाए । ‘वडा अध्यक्ष नै पालिकाको विपद् व्यवस्थापन समितिको अध्यक्ष छन् । तर, अहिलेसम्म उनी पनि आएका छैनन्,’  यादवले भने ।

रोहिणी गाउँपालिका- ५ अन्तर्गत तरकुलहा गाउँ नजिक गत वर्ष पनि तुरिया खोला तट भत्काएर किसानको खेतमा पसेको थियो । गत वर्ष बाढीको कारण धान काट्न नपाएको उक्त क्षेत्रका किसानले हारगुहार गर्दै गाउँपालिकासमक्ष तटबन्धको लागि अनुरोध गरे । गाउँपालिकाले पनि तटबन्धको लागि १० लाख रुपैया छुट्टयाएको थियो । त्यसको लागि स्थानीय नन्दलाल यादवको अध्यक्षतामा उपभोक्ता समितिसमेत तयार भयो ।

उपभोक्ता समिति गठन भएर गाउँपालिकामा लागत अनुमान गराउन पुगेका नन्दलाललाई १० मिटर चौडाइको बाँध बनाउने गरी लागतअनुमान तयार भएको थियो । १० मिटर चौडाइको बाँध बनाउन स्थानीयले नदिएको कारण काम नै सुरु नै नगरी उपभोक्ता समितिको पदबाट राजीनामा दिएको यादवको भनाइ छ ।

लागत अनुमानको ठिकविपरीत करिब पाँच फिटको बाँध खोला छेउकै बलौटे माटो प्रयोग गरी पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादवको नेतृत्वमा बनाइएको स्थानीयहरूको भनाइ छ ।

रोहिणी गाउँपालिकाको कार्यालयले उक्त योजनाको सम्झौता नै नगरिएको जानकारी दिए । पूरानो उपभोक्ता समितिले काम नगरेपछि वडा कार्यालयले आफैँ आफ्नै तरिकाले उपभोक्ता समिति गठन गरेर पालिकामा पठाएको थियो । सोहीअनुसार समितिले काम पनि गर्‍याे ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले अनुगमनको क्रममा गुणस्तरहीन काम गरेको भन्दै भुक्तानी नगरिएको बताए । गुणस्तरहीन कामको कारण नै भत्केको बाँधलाई प्रदेश र संघ सरकारको सहकार्यमा चाँडै मर्मत गरिने उनले जनाए । रोहिणी गाउँपालिका अध्यक्षले प्रभावकारी अनुगमन गरिएको भने पनि उक्त योजना कसरी सम्पन्न भयो ? कसले गर्‍यो ? र प्रभावित कृषकहरूको बारे भने पालिकाले अहिलेसम्म कुनै योजना बनाएको छैन ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : १२ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित