तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा « Khabarhub

तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका-५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए ।  असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् ।

तुरिया खोलामा १० लाखमा निर्माण भएको थियो । बाँध भत्किएर खोला खेतमा पस्दा ठूलो क्षेत्रफल डुबान भएको छ । बाँध भत्किएर खेतमा पसे पनि स्थानीय सरकारका कोही पनि प्रतिनिधि गाउँको अवस्था बुझ्न नआएको जिल्ला समन्वय समिति रुपन्देहीका निर्वतमान उपप्रमुख समेत रहेका स्थानीय पशुपति यादवले गुनासो गरे ।

उनले किसानको सयौँ बिघा जग्गा डुबानमा परे पनि विपद् व्यवस्थापन समिति लगायतले लापरबाही गरेको आरोप लगाए । ‘वडा अध्यक्ष नै पालिकाको विपद् व्यवस्थापन समितिको अध्यक्ष छन् । तर, अहिलेसम्म उनी पनि आएका छैनन्,’  यादवले भने ।

रोहिणी गाउँपालिका- ५ अन्तर्गत तरकुलहा गाउँ नजिक गत वर्ष पनि तुरिया खोला तट भत्काएर किसानको खेतमा पसेको थियो । गत वर्ष बाढीको कारण धान काट्न नपाएको उक्त क्षेत्रका किसानले हारगुहार गर्दै गाउँपालिकासमक्ष तटबन्धको लागि अनुरोध गरे । गाउँपालिकाले पनि तटबन्धको लागि १० लाख रुपैया छुट्टयाएको थियो । त्यसको लागि स्थानीय नन्दलाल यादवको अध्यक्षतामा उपभोक्ता समितिसमेत तयार भयो ।

उपभोक्ता समिति गठन भएर गाउँपालिकामा लागत अनुमान गराउन पुगेका नन्दलाललाई १० मिटर चौडाइको बाँध बनाउने गरी लागतअनुमान तयार भएको थियो । १० मिटर चौडाइको बाँध बनाउन स्थानीयले नदिएको कारण काम नै सुरु नै नगरी उपभोक्ता समितिको पदबाट राजीनामा दिएको यादवको भनाइ छ ।

लागत अनुमानको ठिकविपरीत करिब पाँच फिटको बाँध खोला छेउकै बलौटे माटो प्रयोग गरी पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादवको नेतृत्वमा बनाइएको स्थानीयहरूको भनाइ छ ।

रोहिणी गाउँपालिकाको कार्यालयले उक्त योजनाको सम्झौता नै नगरिएको जानकारी दिए । पूरानो उपभोक्ता समितिले काम नगरेपछि वडा कार्यालयले आफैँ आफ्नै तरिकाले उपभोक्ता समिति गठन गरेर पालिकामा पठाएको थियो । सोहीअनुसार समितिले काम पनि गर्‍याे ।

रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले अनुगमनको क्रममा गुणस्तरहीन काम गरेको भन्दै भुक्तानी नगरिएको बताए । गुणस्तरहीन कामको कारण नै भत्केको बाँधलाई प्रदेश र संघ सरकारको सहकार्यमा चाँडै मर्मत गरिने उनले जनाए । रोहिणी गाउँपालिका अध्यक्षले प्रभावकारी अनुगमन गरिएको भने पनि उक्त योजना कसरी सम्पन्न भयो ? कसले गर्‍यो ? र प्रभावित कृषकहरूको बारे भने पालिकाले अहिलेसम्म कुनै योजना बनाएको छैन ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ११ : १२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना