सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने « Khabarhub

सौन्दर्यकरणका लागि बेलहियाका सडकमा रहेका संरचना हटाइने


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सात दिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।

सूचनामा भनिएको छ, ‘बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउन हुन र अन्यथा नियमानुसार हुने ब्यहोरा अनुरोध छ ।’

बेलहिया लगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न योजनाहरूको निर्माण र सञ्चालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए ।

‘बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् । तर, स्थान पर्यटकमैत्री छैन . जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ नगर प्रमुख खानले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तर्गत प्रकिया अघि बढाइएको हो ।’

सडक क्षेत्रको अतिक्रमण हटाएर विकासका योजनाहरू सञ्चालन गरिने उनको भनाइ छ । बेलहियास्थित हाल बस स्टेसन रहेको स्थानमा ६ तले अन्डरग्राउन्ड पार्किङसहितको व्यावसायिक भवन बनाउने नगरपालिकाको योजना छ । जसमा अन्डरग्राउन्ड पार्किङमा सार्वजनिक बस, ट्याक्सीहरू पार्क हुनेछन् भने अन्य तलाहरूमा कृषि, रेस्टुरेन्ट लगायत सञ्चालन हुनेछन् ।

सौन्दर्यकरणका लागि बेलहियामा सरसफाइसमेत थालिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १२ : ०६ बजे

रास्वपाले चाह्यो भने समानुपातिक सूची सच्याउन सक्छ, तर, कसरी ?

काठमाडौं– आफूलाई नयाँ वैकल्पिक शक्तिको रूपमा दाबी गरेर नेपाली राजनीतिमा

फिल्म ‘कुमारी’को गीत ‘डोको बुन्ने’मा अविषेक र आकृतिको केमेस्ट्री

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती