चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्– कहिल्यै पछि हट्दैनौँ « Khabarhub

चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्– कहिल्यै पछि हट्दैनौँ


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेई- ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्‍याएकी छिन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्‍याएकी हुन् ।

चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाइन् । ‘हामी लोकतन्त्रको रक्षाको लाइनलाई निरन्तरता दिनेछौँ’ उनले भनिन् ।

उनले ‘महत्त्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यवाद दिइन् ।

साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थिइन् । उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएकी छिन् ।

जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा  दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।

ताइवानलाई चीनले आफ्नो महत्त्वपूर्ण हिस्साको रूपमा हेर्दै आएको छ, जसलाई ताइपेईले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : १९ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल