कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता « Khabarhub

कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको नयाँ दिल्ली पुगेका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा आज बिहान चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको नेता निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । 

भेटमा पूर्वउपप्रधानमन्त्री निधिले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए ।

नेता निधिले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीनरूपमा थप बलियो बनाउने विश्वास व्यक्त गरे । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ५ : ५४ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल