विशेषज्ञ वडा क्लिनकअन्तर्गत १८२ जनाले लिए उपचार सेवा « Khabarhub

विशेषज्ञ वडा क्लिनकअन्तर्गत १८२ जनाले लिए उपचार सेवा


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी उपमहानगरपालिकाले आज सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकअन्तर्गत धनगढी–१० घुइयाघाट स्वास्थ्य केन्द्रमा एक सय ८२ ले उपचार सेवा लिएका छन् । उपमहानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ वडा क्लिनकमा जनरल फिजिसियनबाट एक सय ३० र स्त्री तथा प्रसूति रोग विशेषज्ञको सेवा ५२ जनाले उपचार सेवा लिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रयोगशाला सेवा लिने सेवाग्राहीको सङ्ख्या ११ जना र अल्ट्रासाउण्ड सेवा लिने सेवाग्राहीको सङ्ख्या ३३ रहेको छ । इसिजी सेवा १८ जनाले लिएका छन भने ७० वर्षमाथिका सेवाग्राही सङ्ख्या ४३ जना रहेको बताइएको छ । धनगढी उपमहानगरपालिकाले साउन १ गतेदेखि विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको हो । जसअन्तर्गत बिरामीलाई वडामै निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

उपमहानगरपालिकाका आमजनताले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवाको शुभारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले  जानकारी दिए ।

क्लिनिकबाट प्रत्येक महिना तालिकाअनुसार उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले रु २५ लाख ५० हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ भने र उपमहानगरपालिका क्षेत्रका औषधि व्यवसायीबाट औषधि उपलब्ध भएको बताइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को