विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ३, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्

पेलोसीको ताइवान भ्रमण

चीनको विरोधका बावजुत अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छिन् । पेलोसी अमेरिकी सेनाको यूएस सी ४० विमानमा मलेसिया हुँदै ताइवानको राजधानी ताइपेइ पुगेकी हुन् ।

बेइजिङले ताइवान भ्रमण नगर्न चेतावनी दिंदा समेत पेलोसीको ताइवान भ्रमण भएको हो ।

अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमान उनको सुरक्षामा खटाइएको थियो । उनको ताइवान भ्रमणले चीन र अमेरिका बीचको सम्बन्धमा थप तनाव थपेको छ । चीनले उनको भ्रमणप्रति कडा विरोध जनाएको छ ।

उनले ताइवान अवतरण गर्ने बित्तिकै सवा दुई करोड ताइवानीको लागि अमेरिकाको ऐक्यबद्धता अहिले सबैभन्दा महत्वपूर्ण भएको बताइन् ।

पेलोसी ले ताइवानको लोकतन्त्रलाई सघाउने अमेरिकाको अटूट प्रतिबद्धताको सम्मान गरेको धारणा समेत राखिन् । पेलोसीले जारी गरेको वक्तव्यमा ताइवानी नेतृत्वसंगको छलफल दुई मुलुकका साझा हितको प्रर्वद्धनमा केन्द्रित हुने बताइएको छ ।

पेलोसीले ताइवानी राष्ट्रपति साइ इङ वेनसँग भेटवार्ता पनि गरेकी छन् । भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् । भेटका क्रममा युक्रेनमाथि भएको रुसी हमलाबारे चर्चा भएको थियो ।

ताइवान भ्रमणका क्रममा पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ्ग वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छन् ।

ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् । पेलोसीले भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौँ ।’

अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानुनले ‘अमेरिका–ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने’ उनले बताइन् ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार अबेर ताइवान पुगेकी पेलोसीले ताइवानी नेताहरूसँगको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् ।

राष्ट्रपति साई इङ्ग वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभर लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन् ।

अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी वरिष्ठ अमेरिकी अधिकारी हुन् ।

कम्युनिस्ट शासित चीनले ताइवानी भूमिमाथि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः कब्जा गर्न सक्ने बताउँदै आएको छ ।

राष्ट्रपति वेनले युक्रेनमा रुसी आक्रमणले ताइवान स्ट्रेटको सुरक्षालाई विश्वभरको ध्यान केन्द्रित गरेको बताइन् । ‘लोकतान्त्रिक ताइवानविरुद्धको अतिक्रमणले सम्पूर्ण इन्डो–प्यासिफिकको सुरक्षामा ठूलो प्रभाव पार्नेछ’, उनले भनिन् ।

यता ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहो¥याएकी छिन् । पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहो¥याएकी हुन् ।

चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाइन् । ‘हामी लोकतन्त्रको रक्षाको लाइनलाई निरन्तरता दिनेछौँ’ उनले भनिन् ।

उनले ‘महत्त्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यवाद दिइन् ।

साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थिइन् । उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएकी छिन् ।

जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।

ताइवानलाई चीनले आफ्नो महत्त्वपूर्ण हिस्साको रूपमा हेर्दै आएको छ, जसलाई ताइपेईले अस्वीकार गर्दै आएको छ ।

पेलोसीको ताइवान भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ ।

पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्नससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणको कडा विरोध गरेका थिए ।

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।

चीनको किन्डरगार्टेनमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु

दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो ।

४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरी विज्ञप्तिमा भनिएको छ ।

भारतमा कोरोना
बितेका २४ घण्टामा भारतमा थप १७ हजार एक सय ३५ जनामा कोरोना सङ्क्रमण भेटिएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः वृद्धि भएको देखिएको छ ।

२४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार छ सय १० पुगेको छ ।

महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार सात सय ३२ मात्रा खोप लगाइएको छ ।

युक्रेनको आणविक उर्जा केन्द्र नियन्त्रणबाहिर रहेको राष्ट्रसंघीय अधिकारीको भनाइ

संयुक्त राष्ट्रसङ्घका एक जना उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रूसलाई अनुरोध गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन जोखिमपूर्ण हुँदै गइरहेको बताए ।

उक्त केन्द्रमा आणविक सुरक्षाका हरेक सिद्धान्त उल्लङ्घन गरिएका बताउँदै उनले त्यसले अत्यन्त गम्भीर र खतरनाक परिस्थिति निम्त्याउनसक्ने चेतावनी समेत दिए । उनले केन्द्र नजिकको रूस नियन्त्रित क्षेत्रमा चर्केको भीषण युद्धले आणविक केन्द्रको सुरक्षा जोखिममा परेको बताए ।

केन्द्रका उपकरण र पार्टपुर्जाको आपूर्ति शृङ्खला अवरूद्ध भएकाले त्यहाँ रहेका आणविक सामग्री सुरक्षित रहेनरहेको यकिन गर्न निरीक्षण विज्ञद्वारा निरीक्षण अत्यावश्यक भएको उनले बताए । चेर्नोविल दुर्घटनाजस्तो नहोस् भनेर बेलैमा सचेत हुन अति जरूरी भएकामा उनले जोड दिए ।

आणविक दुर्घटना हुनबाट रोक्न निरीक्षण आवश्यक भएको ग्रोसीको भनाइ छ । केन्द्रमा पुग्न आफू, आफ्नो टोलीलाई सुरक्षालगायत अन्य आवश्यक व्यवस्था गर्न उनले रूस र युक्रेनसमक्ष आह्वान पनि गरेका छन् ।

इजिप्टमा सडक दुर्घटनामा परी १७ जनाको मृत्यु

दक्षिणी इजिप्टको सोहाग प्रान्तको मरुभूमि सडकमा माइक्रो बस र ट्रक ठोक्किँदा मङ्गलबार अबेर राति भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

घटनास्थलमा पन्ध्रवटा एम्बुलेन्सहरू घाइतेहरूलाई सोहाग पब्लिक अस्पतालमा लैजानका लागि पुगेका सोहागका गभर्नर तारेक अल–फिकीले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा माइक्रोबस चालकले विपरित तर्फबाट आउँदै गरेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको उनले जानकारी दिए ।

कमजोर सडक पूर्वाधार र ढिलो रूपमा लागू गरिएको ट्राफिक नियमहरूको कारण इजिप्टमा सडक दुर्घटनाहरू सामान्य जस्तो भएको पाइन्छ ।

पछिल्ला केही वर्षहरूमा, इजिप्टले आफ्नो सडक सञ्जाललाई स्तरोन्नति गरिरहेको छ, नयाँ सडक र पुलहरू निर्माण गरिरहेको छ, र ट्राफिक दुर्घटनाहरू कम गर्न पुरानाहरू मर्मत गरिरहेको छ ।

आशियानका विदेशमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

सदस्य राष्ट्रहरूको अर्थतन्त्रलाई कोभिड–१९ महामारीअघिको अवस्थामा पु¥याउने तथा प्रमुख क्षेत्रीय र विश्वव्यापी चुनौतीको सामनामा केन्द्रित रहेर दश सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का विदेश मन्त्रीहरूको पाँचौँ बैठक कम्बोडियाको राजधानी नोमपेनमा सुरु भएको छ ।

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले क्षेत्रीय सुरक्षा, म्यानमार मुद्दा, युक्रेन युद्ध र जलवायु परिवर्तनलगायतका क्षेत्रीय चासोका विषयमा केन्द्रित रहेर बैठकको उद्घाटन गर्दै स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयन एवम् समन्वयका लागि एकल सचिवालय स्थापना गर्ने प्रस्ताव गरेका छन् । साथै उनले व्यापक क्षेत्रीय आर्थिक साझेदारी (आरसिइपी) का निम्ति बेग्लै सचिवालय अपरिहार्य भएको बताए ।

गत जनवरीमा लागू भएको आरसिइपीको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्न यथाशक्य चाँडो एकल सचिवालय स्थपना हुनु आवश्यक भएको बताउँदै उनले कम्बोडियामा उक्त सचिवालय स्थापना गर्न आफू तयार रहेको जानकारी दिए ।

आसियानका सदस्य ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम र तिनका व्यापार साझेदार चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यूजील्याण्ड सदस्य रहेको आरसिइपीको सचिववालय नोमपेनमा स्थापना गर्न सदस्य राष्ट्रबाट समर्थन प्राप्त हुने उनको विश्वास छ । दीर्घकालीन रूपमा क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिमा आरसिइपीले नयाँ गति दिने उनले बताए ।

कम्बोडियाले टकराव नभइ पारस्परिक एकता र सहयोगका लागि जोड दिएको बताउँदै उनले विभाजनका विषयलाई त्यागेर सहकार्य र साझेदारीमा सदस्य देशहरूले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए । कम्बोडियाली प्रधानमन्त्रीले युक्रेन युद्धले गम्भीर आर्थिक अवरोधका साथै खाद्य र ऊर्जा सुरक्षामा आँच पु¥याएको र त्यसले विश्वलाई फेरि एकपटक विभाजनतर्फ धकेलेकामा चिन्ता व्यक्त गरे ।

राष्ट्रसंघीय महासचिव गुटरेसले एसियाको भ्रमण गर्ने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले एसियाली मुलुकहरुको भ्रमण गर्ने भएका छन् । महासचिव गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लागेको उनका प्रवक्ताले बताएका हुन् ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लागेका हुन् ।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नेछन् । जापानमा उनी हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन् ।

त्यस अवसरमा उनले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । जापानमा रहँदा उनले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

जापानपछि उनी मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानेछन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : २६ बजे

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले

एमालेको आरोप- निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री 

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त