प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन् । विसं २०७९ को निर्वाचनको तुलनामा प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६२९ मतदाता थिए । 
    
प्रदेशभरि एक हजार १७६ मतदानस्थल र दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको प्रमुख भट्टले जानकारी दिए। उनका अनुसार यस प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : २६ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने