सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, एक दिन भेटिए ५४ संक्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, एक दिन भेटिए ५४ संक्रमित


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ३०, कैलालीका २१ र बैतडीका तीन जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका सात, गौरीफन्टाबाट छ र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार आठ सय ४९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार ७१ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३३ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ४३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले