पेस्तोल र पहेलो धातुसहित धादिङबाट दुई जना पक्राउ « Khabarhub

पेस्तोल र पहेलो धातुसहित धादिङबाट दुई जना पक्राउ


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्ला प्रहरी कार्यालय धादिङले पेस्तोल र सुन जस्तो देखिने पंहेलो धातुसहित २ जनालाई पक्राउ गरेको छ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ का बेगबहादुर तामाङ र शोभा तामाङलाई पक्राउ गरेको हो ।

लपाङफेदीबाट धादिङवेशीं आउँदै गरेको मुस्ताङ फोर्स चेकजाँच गर्ने क्रममा सुन जस्तो पंहेलो धातु र डलर जस्तो देखिने नोटहरु सहित उनीहरुलाई प्रहरीले पक्राउ परेका हुन् ।

प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा उनिहरुको झोलाबाट एक किलो फाईन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको सुन जस्तो पंहेलो धातु एकथान र अमेरीकी डलर जस्तो देखिने ५० दरको नोट ९७ थान, एक सय दरका नोट २ सय ६३ थान र मोवाईल २ थान सहित पक्राउ गरेको गरेको छ ।

पक्राउ परेका २ जनालाई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस्तै बेगबहादुर तामाङको घरमा लुकाईछिपाई राखेको अवस्थामा २ थान पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, विस्कुट जस्तो देखिने सुन जस्तो पंहेलो धातु ५ थान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन