मेरिगोल्ड ओभरसिज मेनपावरका सञ्चालकविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

मेरिगोल्ड ओभरसिज मेनपावरका सञ्चालकविरुद्ध मुद्दा दायर


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ ।

सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएकोे भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए ।

मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरुविरुद्ध ठगी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ५८ बजे

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्

नेकपाका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा

जुरिच – इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप

उपसभामुख राना चीन प्रस्थान

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै