अख्तियारको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट | Khabarhub Khabarhub

अख्तियारको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 हेटौँडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७८/०७९ मा छानविनका लागि उजुरी परेकामध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ ।

आयोगको हेटौँडास्थित कार्यालयमा गत आवमा एक हजार छ सय उजुरी परेको थियो । सोमध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको कार्यालयद्वारा जानकारी दिइएको छ । अर्थात् सो कार्यालयले उक्त अवधिमा ७० दशमलव ७५ प्रतिशत उजुरी फर्छ्योट गरेको हो ।

फर्छ्योट हुन बाँकी रहेका चार सय ६८ वटा उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको बताइएको छ । सबैभन्दा बढी उजुरी बारा जिल्लाको छ भने सबैभन्दा कम सिन्धुपाल्चोक र रसुवाको उजुरी रहेको कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

कार्यालयका अनुसार बारा जिल्लाका तीन सय ९१, रौतहट जिल्लाका तीन सय ७४, मकवानपुर जिल्लाका तीन सय १०, पर्सा जिल्लाका दुई सय ८६, चितवन जिल्लाका एक सय ६६, दोलखा जिल्लाका १८, धादिङ जिल्लाका १८, काभे्रपलाञ्चोक जिल्लाका १५, रामेछाप जिल्लाका ९ अघिल्लो वर्षको सरेर आएको० १२, नुवाकोटका चार, सिन्धुपाल्चोकका तीन र रसुवाका तीन वटा गरी कूल एक हजार छ सय उजुरी कार्यालयमा परेको थियो ।

ती उजुरीमध्ये बारा जिल्लाका दुई सय ७१, रौतहटका दुई सय ८६, मकवानपुरका दुई सय २७, पर्साका एक सय ७९, चितवनका एक सय ३४, दोलखाको नौ, धादिङको नौ, काभ्रेपलाञ्चोकका सात, रामेछापका तीन, नुवाकोटका तीन सिन्धुपाल्चोकका एक तथा रसुवाका तीन वटा उजुरी फर्छ्योटभएको सो कार्यालयका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले बताए ।

सो कार्यालयमा स्थानीय तह र शिक्षातर्फका सबैभन्दा बढी उजुरी रहेको छ । मन्त्रालयगतअनुसार स्थानीय तह (सङ्घीय मामिला) का सात सय ७८ वटा, स्थानीय शिक्षा तर्फका दुई सय ८९, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तर्फका एक सय २१, प्रदेश उद्योग पर्यटन वन तथा वातावरण (वन वातावरणतर्फ) का ९७ तथा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ ३९ तथा अन्य दुई सय ७६ वटा उजुरी परेको बताइएको छ ।

साथै कार्यालयले बितेको आर्थिक वर्षमा विस्तृत अनुसन्धानमा गएको ८७ वटा उजुरी फर्छ्योट गरेको बताइएको छ । हेटौँडाको यस कार्यालयले रौटहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक र दोलखा गरी जम्मा ११ वटा जिल्ला हेर्दै आएको छ । रसुवा र दोलखा जिल्लालाई त्यहीँको प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्योजन गरिएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ४१ बजे

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्

नेकपाका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा

जुरिच – इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप

उपसभामुख राना चीन प्रस्थान

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै