केकी र आँचलको उत्साह (फोटो फिचर) « Khabarhub

केकी र आँचलको उत्साह (फोटो फिचर)


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केकी अधिकारी र आँचल शर्मा नेपाली चलचित्रकी रुचाइएकी नायिका हुन् । अभिनयमा अब्बल मानिने दुवै नायिकाले औषत सफलता मात्रै हात पारेकी छन् । मिस यूबाट नेपाली फिल्म क्षेत्रमा उदाएकी केकी अधिकारी औपचारिक शिक्षासँगै राम्रो समाज चेत भएकी नायिकामा गनिन्छिन् ।

नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी आँचल पनि राम्रो ज्ञान भएको नायिका हुन् । दुवै नायिकाको अभिनय अब्बल मानिएपनि उनीहरु अभिनित फिल्मले भने औषत सफलता हात पारेका छन् ।

दर्जन बढी फिल्ममा अभिनय गरेपनि उनीहरुले व्यक्तिगत स्टारडम भने अझै बनाउन सकेका छैनन् । यसअघिका नायिका रेखा थापा, निरुता सिंहजस्तै पछिल्लो समयकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, स्वष्तिमा खड्का जति अभिनयमा चर्चा कमाउन पनि उनीहरु केही हदसम्म सफल भए ।

तर सोचेजति भने हुन सकेका छैनन् । केही समयअघि विवाहित दुवै नायिकाले अभिनय गरेको फिल्म ‘झिंगेदाउ’ नेपाली चलचित्र हलमा प्रदर्शन भइरहेको छ । शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्ममा मुकुन भुसाल लगायत कलाकार छन् । तर चर्चामा यी दुई नायिका छन् ।

जो लामो समयपछि पर्दामा फर्किएका हुन् । खासगरि बिहे गरेपछि उनीहरु फिल्ममा फर्किदा केही उत्साह र केही चुनौती पनि छ । बिहे गरेपछि कमै नायिका मात्रै नियमित चलचित्र अभिनयमा फर्किने गरेका छन् ।

ज्ञानेन्द्र देउजाको प्रस्तुति रहेको झिंगदाउमा सुलभ प्रतिक देउवा र समीक्षा देउजाको लगानी छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : ५५ बजे

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत