‘गौरा पर्वमा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति हुन्’ « Khabarhub

‘गौरा पर्वमा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति हुन्’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन् ।

गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताएका छन् । ती लोक संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नु सबैको राष्ट्रिय दायित्व भएको सुनाए । गौरा पर्व विशेषगरी नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइन्छ ।

गौरा पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा पाँच प्रकारका अन्नको मिश्रणबाट बनेका बिरुडालाई अक्षता र प्रसादका रूपमा चढाउने तथा ग्रहण गर्ने गरिन्छ ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि बिसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, धमारी, ढुस्को आदि खेल खेलेर रमाइलो गर्ने चलन रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

गौरापर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बढाउनुका साथै ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख, शान्ति, प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । उनले गौरा पर्वको सांस्कृतिक, धार्मिक महत्वलाई आगामी दिनमा अझ बढी प्रचारप्रसार गर्दै यसलाई राष्ट्रिय चाडको रूपमा स्थापित गर्न सबैले जोड दिन आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले गौरा पर्व २०७९ को पुनीत अवसरमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आमा, दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै यस अवसरमा आयोजना हुने सबै कार्यक्रमको पूर्ण सफलताको कामना गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ४० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ