कांग्रेस सभापति शाही प्रतिनिधिसभा सांसदको उम्मेदवार सिफारिस  « Khabarhub

कांग्रेस सभापति शाही प्रतिनिधिसभा सांसदको उम्मेदवार सिफारिस 


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीको नाम सर्वसम्मत सिफारिस भएको छ।

शुक्रबार बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारको रुपमा शाहीको नाम सर्वसम्मत नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ खस आर्यबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, महिलाबाट धनसिला मल्ल र खुल्लाबाट मीन भामलाई सिफारिस गरिएको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।

प्रदेश सभा क अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा खगेन्द्र बहादुर मल्ल, हरिजंग शाही र तिलक बहादुर मल्ल रहेका छन्।

प्रदेश समानुपातिकमा सूर्यदेवी मल्ल र पिछडिएको क्षेत्रबाट खस आर्य पदम रावल, महिलामा लक्ष्मी रावत, भीम तिरुवा दलित, च्यावा लामा जनजाति, फुन्जोक लामा जनजाति, रमाईलि रावल ख्ला र खुम्मेनी विक दलित महिलाको नाम सिफारिस गरिएको सचिव मल्लले जानकारी दिए ।

प्रदेशसभा ख अन्तर्गत प्रत्यक्षतर्फ खड्कबहादुर शाही, रतनबहादुर शाही र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी (खस आर्य पिछडिएको क्षेत्र), महेश गिरी (अपाङ्गता), रुपकर्ण शाही महिला, गोमा गिरी (महिला), लोकबहादुर शाही (खस आर्य) सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

प्रदेश क अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिका पर्छन् भने प्रदेश ख, अन्तर्गत खत्याड गाउँपालिका र सोरु गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : ३१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ