कांग्रेस सभापति शाही प्रतिनिधिसभा सांसदको उम्मेदवार सिफारिस  « Khabarhub

कांग्रेस सभापति शाही प्रतिनिधिसभा सांसदको उम्मेदवार सिफारिस 


१८ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीको नाम सर्वसम्मत सिफारिस भएको छ।

शुक्रबार बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारको रुपमा शाहीको नाम सर्वसम्मत नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ खस आर्यबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, महिलाबाट धनसिला मल्ल र खुल्लाबाट मीन भामलाई सिफारिस गरिएको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए ।

प्रदेश सभा क अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा खगेन्द्र बहादुर मल्ल, हरिजंग शाही र तिलक बहादुर मल्ल रहेका छन्।

प्रदेश समानुपातिकमा सूर्यदेवी मल्ल र पिछडिएको क्षेत्रबाट खस आर्य पदम रावल, महिलामा लक्ष्मी रावत, भीम तिरुवा दलित, च्यावा लामा जनजाति, फुन्जोक लामा जनजाति, रमाईलि रावल ख्ला र खुम्मेनी विक दलित महिलाको नाम सिफारिस गरिएको सचिव मल्लले जानकारी दिए ।

प्रदेशसभा ख अन्तर्गत प्रत्यक्षतर्फ खड्कबहादुर शाही, रतनबहादुर शाही र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी (खस आर्य पिछडिएको क्षेत्र), महेश गिरी (अपाङ्गता), रुपकर्ण शाही महिला, गोमा गिरी (महिला), लोकबहादुर शाही (खस आर्य) सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

प्रदेश क अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिका पर्छन् भने प्रदेश ख, अन्तर्गत खत्याड गाउँपालिका र सोरु गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको