कुलमान र प्रचण्डद्वारा बिजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास « Khabarhub

कुलमान र प्रचण्डद्वारा बिजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् । शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा बिजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरूले शिलान्यास गरेका हुन् ।

प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास गरेका हुन् । उक्त आयोजना अन्र्तगत पोखरा महानगरपालिका र भरतपुर महानगरपालिका अन्तर्गतका मुख्य सडकहरू बिजुलीका तार भूमिगत गरिने विद्युत् प्राधिकरणले जनाएको छ । शिलान्यास कार्यक्रमपछि बोल्दै प्रचण्डले भरतपुरबाट देशभर विकास र समृद्धिको सन्देश दिने आफ्नो संकल्प रहेको बताए ।

करिब तीन अर्बको लागतमा बन्ने उक्त आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ । पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना २०२४ जनवरी १९ मा सम्पन्न गरिसक्नुपर्ने आयोजना निर्माणको जिम्मा श्री टाटा प्रोजेक्ट्स भारतले पाएको छ । उक्त आयोजनाको सम्झौता २०२२ जनवरी २० तारिखमा भएको थियो ।

शिलान्यास कार्यक्रममा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बागमती प्रदेशका यातायात मन्त्री घनश्याम दाहाल सहभागी थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : २० बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको