पहिरोले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध « Khabarhub

पहिरोले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । कच्ची अवस्थामा सञ्चालन हुँदै आएका ग्रामीण सडक अवरुद्ध भएपछि दिक्तेल बजार तथा तराईका जिल्ला एवं राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु घण्टौँ पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य छन् ।

हिउँदमा जिल्लाका दशवटै स्थानीय तहमा यातायात सञ्चालन भए पनि अहिले दिक्तेल–काठमाडौँ, दिक्तेल–इटहरी–विराटनगर र दिक्तेल–भोजपुर सडक मात्र सञ्चालनमा रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । ‘कच्ची सडक भारी वर्षाका कारण अवरुद्ध छन्’, उनले भने , ‘बाह्रैमास सञ्चालनमा ल्याउन कोलोपत्र गर्न जरुरी छ ।’

दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–मात्तिम–पञ्चमी तथा दिक्तेल–रेग्मीटार–रसुवा सडक पूर्णरुपमा अवरुद्ध छ । अवरुद्ध ग्रामीण सडक पुनः मर्मत गरेर सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यान नगएको यातायात व्यवसायीको गुनासो छ ।

गत वर्षको तुलनामा यस वर्ष छिटो वर्षात् सुरु भएको र लगातारको वर्षात्का कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएको महासचिव हिङ्माङले बताए । गत चैतदेखि अवरुद्ध जिल्लाका सबै ग्रामीण सडक यसअघि मर्मत गरेर सञ्चालनमा ल्याइएका थिए । 

अवरुद्ध ग्रामीण सडक दशैँअघि सञ्चालन हुने अवस्था छैन । सगरमाथा राजमार्गअन्तर्गत तराईका जिल्ला जोड्ने दिक्तेल-गाईघाट सडकखण्डसमेत अवरुद्ध छ । यसबाट आवतजावत र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । 

कालोपत्र गरिएको दिक्तेल-गाईघाट सडकसमेत लगातारको वर्षाका कारण अवरुद्ध हुँदै आएको छ । लगातारको वर्षाले सडक खुलाउने प्रयास सम्भव नभएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राईले बताए । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : ३५ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले