सामाजिक विभेद अन्त्य गर्नुपर्नेमा महासचिव भुसालको जोड « Khabarhub

सामाजिक विभेद अन्त्य गर्नुपर्नेमा महासचिव भुसालको जोड


१८ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव डा वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरी नागरिक स्वतन्त्रता कायम गर्न मार्क्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको प्रथम उपत्यका विशेष प्रदेश सम्मेलनमा उनले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक भाषिकलगायतका विभेद विद्यमान रहेकाले त्यसको अन्त्य गर्नुपर्ने बताए । उनले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका पक्षमा मार्क्सवादी विचार केन्द्रित रहेको उल्लेख गर्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिए ।

संविधान र लोकतन्त्रको  रक्षाका लागि विद्रोहबाट स्थापित आफ्नो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि सक्रिय रहेको उनले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको  विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको भुसालको भनाइ थियो ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ३ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको