नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले केन्यासामु दुई सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रन बनाएको हो ।  

नेपालका लागि लागि कप्तान रोहितकुमार पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । उनले ९५ बल खेल्दै सात चौका हाने । यस्तै देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्ले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसीले ११ रनको योगदान दिए । 

बलिङतर्फ केन्याका लागि नेहमिह ओढियाम्बो, शेम एन्गोचे र विराज पटेलले दुई दुई विकेट लिए । अहिले केन्याले जबाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो ।

उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो । सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् ।     

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ५ : ११ बजे

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक

पाकिस्तानी रक्षामन्त्रीको आक्रमक टिप्पणी : इजरायल ‘क्यान्सर’, ‘दुष्ट’ र ‘मानवताको अभिशाप’

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायललाई पृथ्वीको ‘क्यान्सर’ र

युद्धविरामले रोकेन आक्रमण, साउदी अरब र कुवेतमा ठूलो क्षति, तेल उत्पादनमा गम्भीर असर

रियाध– साउदी अरबको सरकारी समाचार एजेन्सीले एक अधिकारीलाई उद्धृत गर्दै

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा