प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट « Khabarhub

प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् ।

‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन् । प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ ।’

५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन् । प्रदेश सरकार प्रति नागरिकको वितृष्ण किन बढ्या रु भनेर मुख्यमन्त्री भट्टसँग न्युज कारखानाले गरेको प्रश्नमा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सामाजिक सञ्जाल चलाउने केही मानिसको धारणा मात्रै हामीले देखेका छौं । प्रदेशका कुना कन्दरामा हामी पुगेका छौं । त्यहाँका नागरिकले हामीलाई माया गरेका छन् । तर जनताले गर्ने आलोचनालाई पनि हामीले सकारात्मक रूपमा लगेका छौं, कतै न कतै हामी पनि चुकेका छौं ।’

उनले प्रदेश सरकारले ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्यमा राम्रो प्रगति गरेको बताए । ‘हिजोको भन्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले राम्रो काम गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘कानुन निर्माणको काममा पनि हामीले धेरै प्रगति गरेका छौं । अब आउने सरकारलाई काम गर्न धेरै सहज हुने छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ५ : ३२ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री