प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट « Khabarhub

प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट


१८ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् ।

‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन् । प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ ।’

५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन् । प्रदेश सरकार प्रति नागरिकको वितृष्ण किन बढ्या रु भनेर मुख्यमन्त्री भट्टसँग न्युज कारखानाले गरेको प्रश्नमा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सामाजिक सञ्जाल चलाउने केही मानिसको धारणा मात्रै हामीले देखेका छौं । प्रदेशका कुना कन्दरामा हामी पुगेका छौं । त्यहाँका नागरिकले हामीलाई माया गरेका छन् । तर जनताले गर्ने आलोचनालाई पनि हामीले सकारात्मक रूपमा लगेका छौं, कतै न कतै हामी पनि चुकेका छौं ।’

उनले प्रदेश सरकारले ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्यमा राम्रो प्रगति गरेको बताए । ‘हिजोको भन्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले राम्रो काम गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘कानुन निर्माणको काममा पनि हामीले धेरै प्रगति गरेका छौं । अब आउने सरकारलाई काम गर्न धेरै सहज हुने छ ।’

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ५ : ३२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको