खोटाङमा कांग्रेसले टुङ्ग्यायो प्रदेशसभा उम्मेदवारको नामावली  « Khabarhub

खोटाङमा कांग्रेसले टुङ्ग्यायो प्रदेशसभा उम्मेदवारको नामावली 


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समिति खोटाङले प्रदेशसभा निर्वाचनका लागि १८ आकाङ्क्षीको नाम सिफारिस गरेको छ । पार्टी कार्यालयमा शनिबार बसेको बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ विष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, शम्भु कार्की, कृष्णप्रसाद भट्टराई र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । 

यस्तै, समानुपातिकतर्फ महिला कोटामा कमला राई र खुलातर्फ सहरमान राईलाई सिफारिस गर्दै आकांक्षी इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दिपराज राई, प्रतीक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकालको नाम समावेश गरी पठाइएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । 

जिल्ला सभापति विष्णुकुमार राई र प्रदेश १ का महामन्त्री भूपेन्द्र राईको टकरावका कारण कांग्रेसलाई प्रदेश ‘ख’को उम्मेदवार टुंग्याउन सकस परेको थियो । साकेला गाउँपालिकाको मात्तिम मानेभञ्ज्याङमा १६ भदौमा आयोजना गरिएको बैठकले उम्मेदवारको टुंगो लगाउन नसक्दा दुई दिनसम्म दिक्तेलमा बसेको बैठकले उम्मेदवार सिफारिस गरेको हो । 

यस्तै, प्रदेशसभा निर्वाचनका लागि प्रदेश ‘क’ बाट १५ उम्मेदवारको नाम सिफारिस भएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ आठ जना, समानुपातिकतर्फ दुई महिला सहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए । यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ । 

भागबन्डाका क्रममा गठबन्धन दलभित्र ‘प्रदेशसभा र प्रतिनिधिसभाको टिकट कसको पोल्टामा पर्छ’ भन्ने यकिन छैन । यद्यपि, गठबन्धनका दलहरूले आ–आफ्नो उम्मेदवार भने सिफारिस गरिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : ४० बजे

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका

पदको रवाफ देखाउने सांसदलाई कारबाही हुनुपर्छ : महावीर पुन

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले सांसदहरू जनताको सेवक भएको