आरजु राणा बाग्लुङ–२ बाट पनि सिफारिस « Khabarhub

आरजु राणा बाग्लुङ–२ बाट पनि सिफारिस


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।

कांग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरू टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधानसभा सदस्य नरबहादुर पुन निरज, पूर्वमहासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरू तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ७ : ५९ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न