प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित | Khabarhub Khabarhub

प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामविरुद्ध चेल्सीले जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २– १ गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा बेन चिलवेल र काइ हाभर्ट्जले १/१ गोल गरे ।

खेलको ६३ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।तर, खेलको ७६ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।जितसँगै चेल्सीले ६ खेलमा १० अंक जोडेको छ ।चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।वेस्ट ह्याम ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : २५ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन