जुम्लाको संस्कृति : घोडादौड प्रतियोगिता « Khabarhub

जुम्लाको संस्कृति : घोडादौड प्रतियोगिता


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ।

सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन्। त्यस्तै, घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो। हरेक वर्ष दसैंको फुलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो। यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो।

२०५६÷०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो। तर, केही वर्षयतादेखि कर्णाली स्पोर्टस क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली संंस्कृतिलाई जगेर्ना गर्दै आएको छ। यस वर्षको फुलपातीकै दिन छैंटौं पटक घोडा दौड प्रतियोगिता गरिएको हो। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरुस्कार प्रदान गरिएको छ।

त्यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी दोस्रो र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतीय भएका छन्।

कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत दोस्रो र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहरा तेस्रो भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए।

तीन वटै विधामा प्रथमलाई पाँच हजार द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लवका सहसचिव धनराज सुनारले बताए।

पछिल्लो समयमा घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए। उनले भने, ‘यसको इतिहास ठ्याक्कै थाहा छैन। तर, यसअघि जुम्ला विमानस्थल पिच हुनुभन्दा अगाडि विमानस्थलमै घोडा दौड हुन्थ्यो।’

विमानस्थल पिच भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ। यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागीता थियो।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ३६ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल