करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग « Khabarhub

करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ।

करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाका लागि गाउँपालिकाले गत १ असोजमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो। तर, एक परीक्षार्थीले ‘सेटिङमा करारका अनमी भर्ना गरेको आरोप लगाउँदै पुन परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका छन्। असोज २ गते दिइएको निवेदन उपर गाउँपालिकाबाट कुनै सुनुवाइ नभएको निवेदकले बताएका छन्।

आर्थिक वर्ष २०७९–०८० को करार पदमा सहायकस्तर चौथो तहको अनमी भर्नाका लागि गाउँपालिकाले भदौ १० गते विज्ञापन आव्हान गरेको थियो। निवेदनमा स्वास्थ्य आयोगको ढाँचा र नियम अनुसार ५० वटा प्रश्न सोधिनु पर्नेमा २४ वटा मात्र सोधिएको, पहिल्यै हल्ला चलेअनुसार गाउँपालिका अध्यक्षले बोलाएकै व्यक्तिले उत्तिर्ण गरेको, उत्तिर्ण परीक्षार्थी १० मिनेटमै परीक्षा हलबाट बाहिरिएको, २४ प्रश्नमध्ये २४ वटै जवाफ मिलेका कारण प्रश्न–पत्र आउट भएको उल्लेख छ।

निवेदनमा परीक्षा सञ्चालन अवधिको सीसी क्यामेराको फुटेज हेर्नुपर्ने भनिएको छ। कानुन हातमा लिइ मनपरी गरेको हुनाले कानुनअनुसार पुनः परीक्षा गराइ दिन अनुरोध छ,’ निवेदनमा भनिएको छ, ‘निवेदनको बेवास्ता गरी पुःन परीक्षा नगराए माथिल्लो निकायमा जाने जानकारी गराइन्छ।’

गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले भने अन्तिम परिणाम घोषणा भइसकेकाले पुनर्वितार गर्न नसकिने बताएका छन्। “अरु विषयको परिक्षाको परिणामको बारेमा पनि केही भाइहरुले असन्तुष्टि जनाइरहेका थिए। लिखितरुपमा आधार दिनुस् भनेँ तर दिनु भएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अनमीको विषयमा भोलीपर्सीपल्ट मात्र निवेदन परेको सुनेँ। अन्तिम परिणाम सार्वजनिक गर्नुअघि लिखित निवेदन परेको परीक्षा रोकेर भए पनि छलफल गर्न सकिन्थ्यो।’

गाउँपालिकाले करारमा अनमीसहित हेल्थ असिस्टेन्ट, रोजगार सहायक र कृषि स्नातक प्राविधिकको परीक्षा सञ्चालन गरेको थियो। केहीको परीक्षामा परिक्षार्थीले सन्तुष्टि जनाएका थिए।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ८ : ५२ बजे

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका