मादलमै परनिर्भर वादी समुदाय  « Khabarhub

मादलमै परनिर्भर वादी समुदाय 


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुदाय केही वर्ष अघिसम्म मादल बनाएर गाउँघर डुलाउँदै बेच्थे । यो उनीहरूको पुर्ख्यौली पेसा हो । तर, पछिल्लो समय त्यहाँका वादी समुदायले पुर्ख्यौली पेसा छोड्दै गएका छन् । स्थानीय मना वादीले मादल बनाउने पेसा नै संकटमा परेको बताइन् । उनी भन्छिन्, ‘मादल बनाउने हाम्रो पुर्ख्यौली पेसा हो, अहिले केहीबाहेक अधिकांशले यो पेसा छोडिसकेका छन् । व्यावसायिक रूपले फाइदा नहुने देखिएपछि बिस्तारै वादी समुदायमा मादल बनाउन छोडिएको हो ।

हाल पटाङ्गिनि दीर्घ वादीले मात्र मादल बनाउने काम गर्छन् । उनी एक्लैले पुर्ख्यौली पेसाको काम गरिरहेका हुन् । मादलको माग तीज र तिहारमा बढी हुने गरेको दीर्घले बताए । मादल बनाएर मात्र जीविकोपार्जन गर्नै कठिन भएपछि वादी समुदायको यसप्रति आकर्षण पनि घटेको हो । दीर्घ भन्छन्, ‘कुनै बेला यो हाम्रो बाली घरे पेसा थियो । मादल दिएर त्यसको सट्टा जुन सिजनमा जे बाली पाक्छ त्यसकै अन्न ल्याइन्थ्यो । मेहनत बढी र कमाइकाज कम हुने भएकाले अहिले धेरैले पेसा छोडिसके ।’ अबका पुस्ताले यो पेसामा लाग्नै सरम मान्ने गरेको उनी बताउँछन् । नयाँ पुस्तालाई मादल बनाउने सीपको हस्तान्तर नहुँदा वादी समुदायको सिल्पकला नै हराएर जाने देखिएको सोही समुदायका अग्रजहरू बताउँछन् । ६७ वर्षीय दीर्घले मादल बिक्री नै नहुने भएपछि पछिल्लो पुस्ताको यसमा रुचि नगएको हो ।

मादल चाडपर्वको समयमा फाटफुट विक्री भए पनि अरु बेला बिक्दैन । पछिल्ला वर्षहरूमा बर्सेनि मादलको माग घट्दो छ । पुर्ख्यौली पेसा संकटमा परेकोप्रति वादी समुदायका अगुवाहरू चिन्तित छन् । उनीहरूका अनुसार मादलको व्यापार घट्नुको मुख्य कारण यसको प्रयोगमा कमी आउनु हो । चाडपर्वमा प्रदर्शन गरिने कला संस्कृतिसमेत औपचारिकतामा सीमित हुन थालेसँगै बाद्यबाधनका सामग्रीको प्रयोग निकै घटेको छ । अहिले मादल बनाउने कच्चा सामग्रीको उस्तै अभाव छ । मादलका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठ आवश्यक पर्छ । मादल बनाउन काठ र छालालगायतका सामग्री सहजै नपाउने भएपछि पेसामा थप चुनौती देखिएको छ ।

पछिल्ला पुस्ताले मादल बनाउन छोडेपछि अहिले विदेशबाट आयात गरिएका मादलले बजार लिएको छ । स्थानीय उत्पादन नहुँदा मादलमा समेत परनिर्भर बन्ने अवस्था आएको हो । दसैँ सुरु भएपछि वीरेन्द्रनगरमा भारतको उत्तराखण्डबाट ल्याइएका मादल बिक्री वितरण भइरहेका छन् । गत वर्षसम्म छिट फुट मात्र बाहिरबाट मादल आउने गरे पनि यो वर्ष बजारमा भारतमा बनाइएका मादल जहाँ त्यही बेच्न राखिएको छ । ती मादल भारतीय नागरिकले नै बजारदेखि गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेका छन् ।

भारतको उत्तराखण्डबाट मादल बेच्न वीरेन्द्रनगर आएका मोहामत जफरले व्यापार राम्रो भइरहेको बताए । ‘दिनमा ५०/६० वटासम्म बिक्री भएका छन्,’ उनले भने, ‘यहाँको चलेको रेटभन्दा दुई चार सय कममा बिक्री गरिरहेका छौँ ।’ जानकारहरूका अनुसार केही सस्तोमा पाइए पनि यहाँ बन्ने मादलजस्तो गुणस्तर भारतबाट ल्याइएका मादलमा छैन । वीरेन्द्रनगरमा स्टेसनरी  व्यवसाय गर्दै आएका शेरबहादुर खड्का आफूले काठमाडौँबाट मादल खरिद गरेर विक्री गर्ने गरेको बताए । उनका अनुसार धेरै जसो मादलको माग तिहारमा हुन्छ । उक्त समयमा भजन, मण्डली र देउसी भैलोमा मादलको बढी प्रयोग गरिन्छ । खड्काले स्थानीय रूपमा उत्पादन नहुने भएकाले व्यवसायीहरूले मादल बाहिरबाट खरिद गरेर बेच्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ११ : ३६ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा