कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ « Khabarhub

कोसेलीमा ब्राण्ड बनेको मुस्ताङको स्याउ


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

गलकोट – बागलुङका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ पाइन्छ । अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीहरुले समेत दसैँ तिहारमा मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गर्छन् ।

दसैँ तिहारको अवसरमा बागलुङेहरुले कोसेलीका रूपमा मुस्ताङको स्याउ आफन्तको घरमा पठाउने चलन छ । हिमालपारिको जिल्ला मुस्ताङबाट आयात गरिएको च्याङ्ग्रा र स्याउ नवविवाहित जोडीले कोसेलीका रूपमा माइत लैजाने चलनका कारण समेत बागलुङमा मुस्ताङको स्याउ बिक्री गर्नका लागि व्यापारीहरुलाई भ्याइनभ्याइ भएको हो । सक्नेले च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने भए पनि नसक्नेले मुस्ताङको स्याउमात्रै लैजाने प्रचलन छ ।

दसैँ तिहारलाई मुस्ताङमा भ्रमणको उपयुक्त सिजनका रूपमा लिइँदै आइएको छ । मुस्ताङ भ्रमणमा पुगेका अधिकांशले फर्कने समयमा मुस्ताङको स्याउ लिएरै आउँछन् । बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रूपमा खुबै प्रयोग हुन्छ मुस्ताङी स्याउ ।

अहिले बजारमा मुस्ताङको स्याउको कारोबार उच्च रहेको फलफूल व्यापारी शङ्कर रेग्मीले बताए। ‘अघिपछि स्याउ खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैन, तर दसैँ तिहारमा मुस्ताङको स्याउबाहेक अन्य स्याउ बिक्री हुँदैन’ रेग्मीले भने ‘स्वादिष्ट भएर पनि होला, मुस्ताङको स्याउनै कोसेली हो भन्ने भइसकेको छ बागलुङमा ।’

दर्सै शुरु भएपछि मात्रै रु छ लाखभन्दा बढीको स्याउ बिक्री गरेको रेग्मीको भनाइ छ । रेग्मीले स्याउ मात्रै नभई मुस्ताङको आलुको समेत बजारमा उच्च माग रहेको बताए । उनले पर्वतको बनौ, बागलुङको ढोरपाटन, ताराखोलालगायतका क्षेत्रमा पाइने आलु समेत बिक्री गर्दै आएका छन् ।

‘मुस्ताङको स्याउ सडकको दुरावस्थाका कारण बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आएको स्याउ छिनभरमै सकिन्छ’, अर्का फलफूल व्यापारी खिम कार्कीले भने । रेग्मी र कार्की जस्ता बागलुङका दुई दर्जन व्यापारीले मुस्ताङको स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउ प्रतिकेजी रु १७० मा बिक्री हुँदै आएको छ ।

मुस्ताङको स्याउ जस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महङ्गो भए पनि खरिद गरेर उपभोग गर्ने गरेको र दसैँ तिहारमा कोसेलीका रूपमा निकै प्रयोग गरिने स्थानीयवासी राजेश घर्तीले बताए ।

ताराखोला र ढोरपाटनको आलु समेत बागलुङबाट पोखरा लगायतका क्षेत्रमा निकासी हुने गरेको छ । तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने एकिन तथ्याङ्क नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ४८ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी